Posts

Showing posts from August, 2026

(नियात्रा) पाथीभराका अविस्मरणिय रमणिय पलहरू

  (नियात्रा) पाथीभराका अविस्मरणिय रमणिय पलहरू   सरण राई     पाथीभरा भन्नासाथ म २०६९ सालको असोज महिनामा पुग्छु । असोजको अन्तिमतिर म धरानबाट काठमाडौं गएको थिएँ । अकस्मात मेरो पुरानो साथी माधव प्रधानको फोन आउँछ र सोध्नुहुन्छ “ साहित्यिक कार्यक्रममा ताप्लेजुङ जानुहुन्छ ? गरिब देशको गरिब देशवासीहरूमध्येकै सर्वसाधारण आम मान्छे मैले धरानबाट धेरै नजिक रहेको पाथीभरा, ताप्लेजुङ र पाँचथर टेक्ने मौका पाएको थिइनँ । यो एउटा अवसर ठानेर खुसीसाथ “जाने” भनेँ । २०६९ असोज २९ गते बिहान काठमाडौंबाट एउटा बसभरि नै साहित्यकारहरू तुल्सी भट्टराई, ह्रि गौतम, माधव प्रधान, डा. खेम कोइराला बन्धु, रमेश शुभेच्छुक, बसन्त बस्नेत, अनुपमा रेग्मी, सविन श्रेष्ठ, होम सुवेदी, निर्मला गिरी र अन्य साहत्यिकारहरू (एउटा ठूलो बसभरी) लगायतको साहित्यिक यात्रा ताप्लेजुङतर्फ सुरु भयो । त्यही यात्रामा म पनि समावेश भएँ । त्यतिबेला मैले चिनेको माधव प्रधान एक जना मात्र थिए । तर बिस्तारै सबैसित परिचय हुँदै गयो र साहित्यकारको नाता सम्बन्धका कारण सबै आत्मीय मित्र हुँदै गए । बिर्तामोडमा कृष्ण धरावासीसित पनि भेट भयो तर उनी...